हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा परी मृत्यु भएका यात्रुप्रति भावपूर्ण श्रद्धासुमन समेत अर्पण गरेका छन्। उनले शीघ्र र प्रभावकारी उद्धारका लागि सम्बन्धित संयन्त्रलाई निर्देशन दिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

“सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुःखी तुल्याएको छ,” “दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्धारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु।”

 

Logo