इक्यानकाे नयाँ नेतृत्वमा शेषराज भट्टराई समूहको उम्मेदवारी घोषणा

इक्यानकाे नयाँ नेतृत्वमा शेषराज भट्टराई समूहको उम्मेदवारी घोषणा


नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वका लागि शेषराज भट्टराई समूहले उम्मेदवारी घोषणा गरेको छ। आगामी असार ३० गते हुने इक्यान महाधिवेशनमा नयाँ नेतृत्वका लागि भट्टराईले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका हुन्।

भट्टराई नेतृत्वको प्यानलमा उपाध्यक्षका उम्मेदवार श्रीराम पौडेल, गीता सिवाकोटी, दयाराम थापा छन्। यस्तै महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईले उम्मेदवारी दिने भएका छन्। कोषाध्यक्षमा आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी दिने भएका छन्।

कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, हेमराज थापा भट्टराई समूहबाट उम्मेदवारी दिने भएका छन्। इक्यान अध्यक्षका उम्मेदवार भट्टराईले आफ्नो नेतृत्वले यसको गतिशिलतामा थप टेवा पुग्ने बताएका छन्। 

Logo