केन्द्रबिन्दु एक्सप्रेसः कृष्णबहादुरलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः कृष्णबहादुरलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश [भिडियाे]


राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरेको छ। राष्ट्रिय सभा बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो। 

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। राउतको तर्फबाट उषा कार्कीले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले २४ घण्टाभित्र बन्दीलाई हाजिर गराउन आदेश दिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदस्यता आवेदन फारम अनलाइनबाटै भर्न मिल्ने व्यवस्था मिलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अब अनलाइनबाटै सदस्यता फारम भर्न सकिने बताएका हुन्।

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ। भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयर मार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेत जान लगेका १६ जना श्रमिकलाई विमानस्थल बाट फर्काएको हो।

साढे दुई महिना अगाडि देखि उपचार तथा नियन्त्रणको प्रयास भईरहेको लम्पी स्किन रोग हाल देशका सबै जिल्लामा देखा परेको छ। नेपालमा ७लाख ८२ हजार भन्दा बढी पशु संक्रमित भएको छ। संक्रमितमध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने २ लाख ३२ हजार ३ सय अहिले पनि संक्रमित अवस्थामा छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदस्यता आवेदन फारम अनलाइनबाटै भर्न मिल्ने व्यवस्था मिलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अब अनलाइनबाटै सदस्यता फारम भर्न सकिने बताएका हुन्।

सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ मूल्य तोकेको छ। २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो।

पोखरा महानगरपालिका– १३ ले शुक्रबारदेखि एम्बुलेन्स सेवाको सुरुवात गर्ने भएको छ। वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले शुक्रबारदेखि सेवा सुचारु गर्न लागेको हो।

नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव २५ मा सीमितभएको छ । 

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट बिहीबारदेखि श्रीलङ्कामा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन श्रीलङ्का ‘ए’ र बङ्गलादेश ‘ए’ तथा अफगानिस्तान ‘ए’ र ओमान ‘ए’ बीच प्रतिस्पर्धा भएको छ। नेपाल प्रतियोगिताको समूह ‘बी’मा छ। नेपालले समूहको आफ्नो पहिलो खेल शुक्रबार पाकिस्तान ‘ए’ सँग खेल्नेछ।

अफ्रिकी मुलुक केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन हुँदा ६ जनाको मृत्यु भएको छ। प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ६ जनाको मृत्यु हुनुका साथै लुटपाटका घटना समेत भएको छ। झडपमा परि दर्जनाैं व्यक्ति घाइते भएका छन्। सरकारले दण्डहीनताको संस्कृति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

Logo