पार्टीलाई कमजोर बनाउने काम केही निश्चित व्यक्तिबाट भइरहेको छः मोहन बस्नेत

पार्टीलाई कमजोर बनाउने काम केही निश्चित व्यक्तिबाट भइरहेको छः मोहन बस्नेत


नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई कमजोर बनाउने काम केही निश्चित व्यक्तिहरुबाट भइरहेको बताएका छन् । 

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका बस्नेतले केही सदस्यले पार्टी विधि विधान मिचेर हिँड्न खोजेकाे आरोप लगाएका हुन् ।

उनले भने, ‘पार्टी विधि र विधानबाट चल्नुपर्छ भन्ने तर विधि र विधान एकतर्फ लगेर आफ्नो व्यक्तिगत महत्वाकांक्षा जबरजस्ती सडकमा लगेर राख्ने त्यसरी कहिले पार्टी बलियो हुन्छ । कांग्रेस कमजोर बनाउने काम निश्चित व्यक्तिहरुबाट भईरहेको छ । पार्टी फुट्ने भन्ने कुरा बाहिर हल्ला भईरहेको छ यो कुरा कस्ले सुरु गर्यो यो कुरा बढी महत्वकांक्षा राखेर जो हिड्ने व्यक्तिहरु, जसले विधि र विधान मिचेर हिड्न खोजेको छ ।’ 

केन्द्रीय सदस्य बस्नेतले बाहिर जे कुरा आएका छन्, त्यस्ले पार्टीलाई बलियो नबनाउन भन्दै नेतृत्व युवाले गर्नुपर्ने तर युवा पनि आफै हुनुपर्ने भावना देखिनु गलत भएको बताए । 

उनले भने, ‘अहिले गठबन्धनको कुरा चलेको छ, मैले त गठबन्धन गरिसकेपछि भने स्थानीय निकायको चुनावमा एकलौटी चुनाव लडेर आएको हो । गठबन्धन नभएको भए मत गन्दा कोको हार्थ्र्यो, को-को जित्थ्यो त, गफ दिएर हुन्छ । आवश्यकता थियो देशको गर्यो, गठबन्धन नगरेको भए, गठबन्धन गर्नै सकेन भनेर खतम पार्यो भनेर प्रचण्डलाई भनेको होइन, तपाईहरुले यही ठूलो कुरा गर्नेहरुले गठबन्धन भईसकेपछि गठबन्धन हुन्न अर्को पटक नगर्ने त म पनि भनिरहेको छु त ।’

Logo