समाजवादको यात्रामा जाँदा भ्रष्टाचार र दण्डहिनता अन्त्य गर्नुपर्छः जगन्नाथ खतिवडा

समाजवादको यात्रामा जाँदा भ्रष्टाचार र दण्डहिनता अन्त्य गर्नुपर्छः जगन्नाथ खतिवडा


पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले समाजवादको यात्रामा जाँदा भ्रष्टाचार र दण्डहिनता अन्त्य गर्नुपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा पुष्पलालको २४औं स्मृति दिवसको अवसरमा आयोजित समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहिनता विषयक प्रवचन गोष्ठीमा उनले सुशासन दिन नसक्ने सरकारले समाजवादको परिकल्पना गर्न नसक्ने बताएका हुन् । उनले भने, ‘समाजवादको यात्रामा जाने हो भने भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्नै पर्छ । त्यो बाहेक अरु कुनै विकल्प छैन् । थोरै सुशासन दिन नसक्ने सरकारले समाजवादको परिकल्पना गर्न भएन ।’ 

जनताको प्रत्येक दिनको दैनिक जीवन चर्यामा सरकारले स्पर्श गर्न सक्दैन भने त्यो समाजावादको बाटोमा जान नसक्ने उनको भनाइ छ । उनले सबैको साँझा प्रयासले मात्र भ्रष्टाचारको अन्त्य गर्न सफल हुने र वडा देखिमाथि केन्द्रसम्म मिलेर अगाडि बढ्नु पर्ने बताए ।

Logo