#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626306437385830426832846523
नेपाल157281344220

जसरी भएपनि क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्छौं – सिताराम कट्टेल

काठमाडौं ।  यही फागुन ९ गते रिलिज हुने नेपाली फिल्म ‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकारबीच टि–ट्वान्टी च्यारिटी क्रिकेट म्याच हुने भएको छ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा फागुन २ गते उक्त म्याच हुने भएको हो ।
रामबाबु गुरुङले निर्देशन गरेको सिनेमाको प्रचारसँगै रंगशालामा शुभचिन्तकहरुलाई उपस्थित गराएर भइरहेको कामको बारेमा जानकारी दिने तथा रंगशाला निर्माण सहयोगार्थका लागि उक्त प्रतियोगिता हुने भएको हो । यस खेलले चलचित्र पत्रकार र ‘सेन्टी भाइरस’ टिमबीच आत्मियता बढ्ने आशा लिइएको छ । प्रतियोगिता बारेमा केन्द्रबिन्दुका उप–सम्पादक विवश कुलुङले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष तथा चलचित्र सेन्टी भाइरसका कलाकार सिताराम कट्टेल ‘धुर्मस’सँग कुराकानी गरेका छन् ।

आउँदो फागुन २ गते चलचित्र पत्रकार र सेन्टीभाइरस टिमबीच २०–२० क्रिकेट खेल हुने भनिएको छ, गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको पिच खेल्न योग्य भइसकेको हो ?

त्यो पिच चाहिं खेल्न योग्य भएको छैन तर हामीले नमुना खेलमैदान तयार पारेका छौं । त्यसमा तीनवटा पिच छन् । हालसम्म उक्त पिचमा १५/१६ वटा च्यारिटी म्याचहरु पनि भइसकेको छ । हो, त्यही मैदानमा हामीले च्यारिटी म्याच आयोजना गरेका हौं ।

यो खेल निमार्णाधिन रंगशालाको आर्थिक संकलन गर्ने अभियान हो कि सेन्टीभाइरस चलचित्रको प्रचार हो ?

सेन्टीभाइरस चलचित्र नै रंगशाला निर्माणका लागि भएकाले यो आर्थिक सहयोग संकलन अभियान पनि हो र चलचित्रको प्रचार पनि हो । चलचित्रले सफलता हासिल गरेको खण्डमा ५० प्रतिशत रंगशालामा लगानी गर्ने भनेर यसअघि नै घोषणा गरिसकेका छौं ।

सेन्टीभाइरसले कस्ता दर्शकलाई हलसम्म तान्छ ? प्रोमो हेर्दा त ‘छ माया छपक्कै’को झल्को आउँदो रहेछ ?

हामी जुन परिस्थितिमा गुज्रिरहेका छौं । कयांै परिस्थितिले निराश बनाइरहेको छ भने कयौं परिस्थितिले आशाका दियो पनि बाल्ने काम गरेको छ । नेपालकै माटो सुहाउँदो राजनीतिक र सामाजिक विषयबस्तु बोकेको पारिवारिक चलचित्र हो सेन्टीभाइरस । छ माया छपक्कै चलचित्र रिलिज हुँदा हाम्रो छायांकन भइसकेको थियो । त्यो संयोग पनि भएको छ । देख्दा उस्तै लाग्ने जस्तो चलचित्र देखिएपनि विषयबस्तु भने कतैपनि मिल्दो छैन । ट्रेलरको आँकडाले चलचित्र यस्तो छ भनेर अन्दाज गर्न सकिंदैन ।

निर्माणाधिन रंगशालामा सोचे अनुसारको सहयोग आइरहेको छ ? कति सोच्नु भएको थियो ? सहयोग आउन ढिलो भयो भने के हुन्छ ?

त्यस्तो छैन । सहयोग भइरहेको छ । धन धान्याञ्चल महायज्ञबाट हिजोसम्म ३५ करोड संकलन भइसकेको मूल आयोजक समितिबाट जानकारी पाएको छु । सहयोग जुटिरहेको र माहोलपनि सकारात्मक बनिरहेको हुँदा निर्माण सम्पन्न हुन्छ । गत मंसिरदेखि भौतिक निर्माणको काम भइरहेको छ । जसरी पनि निर्माण सम्पन्न हुन्छ ।

अन्त्यमा यस प्रतियोगिताको बारेमा के भन्नु छ ?

सम्पूर्ण सहयोगीहरु नै यो अभियानको भगवान हुन् । यो भ्यालेन्टाइन डेको अवसरमा हामीले आयोजना गरेका छौं । त्यसैले फागुन २ गते विहान ८ बजे सम्पूर्णलाई उपस्थितिका लागि अनुरोध गर्दछु ।

सम्बन्धित समाचारहरु

ताजा समाचार