म्यानचेस्टर युनाइटेडमाथि रियलको जित

म्यानचेस्टर युनाइटेडमाथि रियलको जित


स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

अमेरिकामा भएको प्रि-सिजनको मैत्रीपूर्ण खेलमा रियलले युनाइटेडलाई २-०ले पराजित गरेको हो । रियलको जितमा  मिडफिल्डर जुड बेलिङघम र फरवार्ड जोसेलुले गोल गरे । 

खेलको छैटौं मिनेटमा बेलिङघमले रियललाई १-० को सुरुवाती अग्रता दिलाएका थिए । उनले एन्टोनियो रुडीगरले डिफेन्सबाट खेलेको लामो पासलाई नियन्त्रण गर्दै उत्कृष्ट फिनिसिङ गरे । उनको यो रियलको लागि पहिलो गोल पनि हो । 

त्यसपछि ८९औं मिनेटमा जोसेलुले गोल गर्दै रियललाई २-०को जित दिलाए । लुकास भाज्केजले दिएको क्रसलाई उनले ओभरहेड किकमार्फत गोलमा परिणत गरेका थिए । 

रियलले यसअघि मैत्रीपूर्ण खेलमा एसी मिलानलाई ३-२ ले हराएको थियो । अब रियलले प्रि-सिजनमा जुलाई ३० मा बार्सिलोना र अगस्ट ३ मा युभेन्टससँग खेल्नेछ ।

Logo