एमालेले अडान नछाडेपछि आज पनि बस्दै नबसी प्रतिनिधिसभाको बैठक स्थगित

एमालेले अडान नछाडेपछि आज पनि बस्दै नबसी प्रतिनिधिसभाको बैठक स्थगित


सुन तस्करी प्रकरणमा प्रमुख विपक्षी नेकपा एमालेले अडान नछाडेपछि प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक पनि स्थगित भएको छ । 

बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका आबद्ध प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेपनि निष्कर्ष निस्कन नसकेपछि बैठक २२ गते दिउँसाे १ बजेसम्मका लागि स्थगित भएको हो । प्रतिनिधिसभा बैठक साेमबार पनि बस्दै नबसी स्थगित भएको थियाे । 

यही साउन ३ गते सिनामङ्गलबाट बरामद भएको सुन प्रकरणलाई लिएर एमालेले सदनमा विरोध जारी राखेको छ । उसले साे प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नगरेसम्म बैठक बस्न नदिने अडान लिएको छ । 

सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन संवाद गरेर सदनको अवरोध अन्त्य गर्न आग्रह पनि गरेका थिए । सदनको अवरोधले जनताको आवाज अवरुद्ध हुने भन्दै उनले सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेपनि निष्कर्ष निस्कन सकेन । 

No description available.

Logo