ब्राजिल विश्वकपको समूह चरणबाटै बाहिरियो

ब्राजिल विश्वकपको समूह चरणबाटै बाहिरियो


उपाधि दावेदार टोली मानिएको ब्राजिल फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

मेलवर्नस्थित मेलवर्न रेकटेङ्गुलर स्टेडियममा बुधबार भएको समूह चरणको अन्तिम खेलमा जमैकासँग गोलरहित बराबरीमा रोकिएपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको हो । खेलमा ब्राजिलले ७३ प्रतिशत बल पोसेसन राख्दै लगातार दवाव सिर्जन गरेपनि जमैकाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकियो । 

यस बराबरीसँगै समूह ‘एफ’ मा दोस्रो स्थानमा रहेको जमैका पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्न सफल भएको छ । उसले ३ खेलबाट ५ अंक जोडेको छ । तर, ब्राजिल ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । यो समूहमा फ्रान्सले तीन खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहँदै नकआउट चरणमा पुगेकाे छ भने पानामा अंकविहीन भएकाे छ ।

Logo