#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1591523950211143351353151
नेपाल9081

विभिन्न सूचकाङ्कमा नेपालको अवस्था सुधार भएको छ–मन्त्री बाँस्कोटा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा सफल भएको बताएका छन् । उनले वर्तमान सरकारले जनताको पक्षमा देखिने गरी काम गरेको भन्दै यस अवधिमा कुनै पनि नराम्रो काम नभएको स्पष्ट पारे ।

सञ्चार तथा सूचना मन्त्रालयमा विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, “सरकारले एउटा पनि नराम्रो काम गरेको छैन । जति काम भएका छन् ती सबै राम्रा छन् ।”

उनले वर्तमान सरकारले विगतमा मुर्छित् अवस्थामा रहेका सपना बिउँझाएको र यथार्थतामा परिणत गरेको बताए । मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्छित् सपना ब्यूँझाउँदै यथार्थतामा परिणत गरेको र कार्यान्वयनमा लगेको समेत उल्लेख गरे। मन्त्री बाँस्कोटाले भने,“वर्तमान सरकार गठन भएपछि मुर्छित् सपना ब्यूँझिएका मात्रै छैनन् जीवन्त पनि बनेका छन् ।”

सरकारको काम कारवाहीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बोधन गर्ने र आम जनतालाई जानकारी दिने मन्त्री बाँस्कोटाको भनाइ छ । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची छ । सरकारका प्रवक्ता बाँस्कोटाले विभिन्न सूचकाङ्कमा नेपालको अवस्था सुधार भएको तथ्याङ्क नै सुनाए ।

वर्तमान सरकार गठन भएपछि विधिको शासन बलियो भएको, भ्रष्टाचार घटेको, शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य सुधार आएको तथा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सङ्कल्पको नजितासमेत देखिन थालेको उनले स्पष्ट पारे । मन्त्री बाँस्कोटाले जनताको जीवनस्तरमा सुधार आएको भए पनि सरकारले सोचे जस्तो नभएको बताए । रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार