काठमाडौँ महानगरपालिका भित्रका ‘ए’ डिभिजन क्लबलाई प्रति क्लब १० लाख सहयोग

काठमाडौँ महानगरपालिका भित्रका ‘ए’ डिभिजन क्लबलाई प्रति क्लब १० लाख सहयोग


काठमाडौं ।

काठमाडौँ महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गरेका हुन् । काठमाठौँ महानगरपालिकाले गत वर्ष पनि ए, वि र सि डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो ।

महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरु क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब रहेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिए। प्रमुख शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिए ।

Logo