एनएमबि बैंकले कमायो साढे तीन अर्ब नाफा

एनएमबि बैंकले कमायो साढे तीन अर्ब नाफा


एनएमबि बैंकले झण्डै साढे ३ अर्ब खुद नाफा कमाएको छ। बैंकले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो।

समिक्षा अवधिमा बैंकले ३ अर्ब ४२१ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने ३.६३ प्रतिशतले मात्रै बढी हो। अघिल्लो आवको चौंथो त्रैमासमा बैंकले ३ अर्ब २९ करोड १० लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३०.६० प्रतिशतले वृद्धि भई ८ अर्ब ३४ करोड २४ लाख ४० हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकको कुल आम्दानी भने २१.०१ प्रतिशतले बढेर १० अर्ब ३३ करोड ३ लाख ३७ हजार र संचालन नाफा ८.११ प्रतिशतले बढेर ४ अर्ब ९४ करोड ४१ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५० करोड १८ लाख ९० हजार रुपैयाँ पुगेको छ। बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.१७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको हो। हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको छ। बैंकले जगेडा तथा कोषमा भने १० अर्ब २४ करोड ७३ लाख ७१ हजार रुपैयाँ राखेको छ ।

बैंकको खराब कर्जा भने अघिल्लो आवको तुलनामा १.२७ प्रतिशतले वृद्धि भई २.७२ प्रतिशत पुगेको छ। बैंकको प्रतिशत सेयर आम्दानी पनि सामान्य बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ ।

Logo