सभामुख-प्रमुख सचेतक बैठकः दलीय आधारमा एकएक जनाले बोल्ने सहमति

सभामुख-प्रमुख सचेतक बैठकः दलीय आधारमा एकएक जनाले बोल्ने सहमति


प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले बोलाएको बैठक सकिएको छ । 

संसद सचिवालयमा सम्पन्न बैठकमा सदनलाई नियमित अगाडि बढाउने र  दलीय आधारमा एक एकजनाले आकस्मिक समय प्रयोग गर्ने सहमति भएकाे हाे । त्यसपछि गृहमन्त्रीले जवाफ दिने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ । 

सबै दलका प्रमुख सचेतक तथा सचेतकहरु सहभागि बैठकमा सदनलाई नियमित अगाडि बढाउने विषयमा पनि गम्भीर छलफल भएको छ । 

यसअघि  बालुवाटारमा भएको भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले सबै दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका थिए । संसद बैठक तीन बजेका लागि बोलाइए पनि छलफलका कारण अहिलेसम्म सुरु भएको छैन ।

Logo