सरकारले राम्रो काम गरिरहेको बेला सदन अवरुद्ध नगराैँः सांसद बेलवासे

सरकारले राम्रो काम गरिरहेको बेला सदन अवरुद्ध नगराैँः सांसद बेलवासे


राष्ट्रिय सभा सदस्य गंगा कुमारी वेलबासेले देशमा कालोबजारी मौलाएको बताएकी छन् । 

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद बेलवासेले चामल निकासमा प्रतिबन्ध लगाउने बहानामा देशमा कालो बजारी भईरहेको बताएकी छन् । उनले भनिन् ‘चामल निकासमा प्रतिबन्ध लगाउने बहानामा देशमा कालो बजारी भईरहेको छ । महंगी बढिरहेको छ । ती मंहगीलाई नियन्त्रण गर्नको लागि र बजारलाई अनुगमन गर्नको लागि सरकारले तदारुकता देखाएकै छ भन्ने छ तर प्रभावकारिता देखिएको छैन ।’

सांसद बेलवासेले यसरी निरन्तर सदन अवरुद्ध गर्ने कुरामा प्रतिपक्षले आफुलाई सच्याउन आवश्यक भएको बताएकी छन् । सदनप्रति आफूलाई उत्तरदायी बनाउने र जनताको आवाज उठाउन, सुन्न र सरकारले राम्रो काम गरिरहेको बेला त्यसको विरोध गर्न नहुने उनको भनाइ छ । 
 

Logo