#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व65791530433486063141419
नेपाल5041

डिजिटल नेपाल बनाउने महाभियानमा छौँ : प्रधानमन्त्री

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताएका छन् । उनले धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवसलाई सोमबार सम्बोधन गर्दै डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिए।

उनले भने, “डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै अघि बढिरहेका छौँ, फोरजी सेवा पनि सबै जिल्लामा पुगिसक्यो । हरेक दिन हामी युगान्तकारी काम गरिरहेका छौँ, देश आधुनिकता, विकास, सामाजिक न्याय–समानता र समृद्धितर्फ अघि बढिरहेको छ”, उनले भने ।

प्रधानमन्त्री ओलीले सरकार महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताए । उनले भने, “अब हाम्रा प्रतिभा, श्रम–सामर्थ्य बाहिर नजाऊन् भन्नका लागि सीपयुक्त बनाएर दक्ष जनशक्तिमा परिणत गर्दैछौँ, शिक्षालाई जीवनसँग जोडेर जीवनयोपयोगी बनाउने प्राविधिक र ज्ञानमूलक शिक्षा नागरिकमा पु¥याउने काम गर्दैछौँ ।”

उनले हाल ८८ प्रतिशतभन्दा बढी जनतामा विद्युत् पहुँच पुगिसकेको उल्लेख गर्दै अबको दुई वर्षभित्र बाँकी १२ प्रतिशतलाई विद्युत् सेवा पु¥याइसक्ने र स्मार्ट मिटर जडान गरिसक्ने बताए । प्रधानमन्त्री ओलीले भक्तपुर–बनेपा–धुलिखेल सडकलाई चौडा पार्ने काम थालिने पनि जानकारी दिए । “हामी एक गाउँमा मात्रै हैन, सबै गाउँमा विकास गर्छौँ, अब हामी सुरुङ युगमा प्रवेश गर्दैछौँ, सुरुङ बनाउँदै जान्छौँ, बाटो चौडा गर्दै जान्छौँ”, उनले भने ।

उनले कोटेश्वरको जाम हटाउन ‘अण्डरग्राउण्ड रोड’ बनाइने जानकारी पनि दिए । प्रधानमन्त्री ओलीले काठमाडौँमा टेलिफोनका तार जमीनमुनिबाट पाइपबाट लैजाने कामको शुरुआत भएको उल्लेख गर्दै जमीनमा खनेर धुलो र खाल्डा बनाउनुपर्ने कामको अन्त्य भएको पनि बताए ।

प्रधानमन्त्री ओलीले एक सय वर्षदेखि दक्षिण एशियाको सबैभन्दा पहिलो बिजुली उत्पादन गर्ने नेपाल ५०० मेगावाटभन्दा कम उत्पादन गरेर बसेकामा दुई वर्षमा हजार मेगावाट नघाइएको बताए । “अर्को वर्षमा अर्को हजार मेगावाट बढाउँछौँ, अहिले अलिअलि विद्युत् निर्यात गर्दैछौँ, अर्को वर्षदेखि निर्यात बढाइँदै लगिन्छ”, उनले भने ।

प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोक प्रतिभा जन्माउने जिल्लाका रुपमा क्रमशः प्रकट हुँदै गएको उल्लेख गर्दै धुलिखेलको विकासले आफू खुशी भएको बताए । उनले जिल्लाका तरकारी र फलफूललाई प्राङ्गारिक बनाउँदै आधुनिकीकरणको दिशातर्फ अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले न्याय र समानतासँगै नेपाललाई विकासतर्फ डोहो¥याइरहेको बताए । नगरप्रमुख अशोक व्याञ्जू श्रेष्ठले आगामी २० वर्षमा नेपालकै उत्कृष्ट नमूना नगर हुने गरी काम अघि बढाइएको उल्लेख गर्दै पाँच वर्षभित्र नगरवासीका आधारभूत आवश्यकता पूर्ति गरिने बताए । रासस

सम्बन्धित समाचारहरु