#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व125809268287930176259629
नेपाल9081

पशुपतिनाथ मन्दिरमा एक अर्ब रुपैयाँको भव्य जलहरी राखिँदै (भिडियोसहित)

file photo

काठमाडौं ।
चाँदीको जलहरी जीर्ण भएपछि पशुपतिनाथ मन्दिरमा एक अर्ब रुपैयाँको सुनको भव्य जलहरी राखिने भएको छ । १४१ किलो सुनको भव्य जलहरी राख्न पशुपति विकास कोषले आर्थिक सहयोग संकलन अभियान थालेको छ ।

पशुपतिमा आउने दाताले एक तोला सुन बराबरको सोही दिन चलेको सुनको दररेट अनुसारको रकम वा सोभन्दा कम रकम कोषले तोकेको बैंकमा जम्मा गर्न सक्ने कोषले जनाएको छ । भक्तजन÷दाताले एक तोलाभन्दा माथि जति तोलासम्म पनि अर्पण गर्न सक्ने प्रावधान राखिएको र एक तोला सुन बराबरको रकम जम्मा गर्ने दाताको नाउँ अभिलेख पुस्तिकामा समावेश गरिनुका साथै कोषको आधिकारिक वेबसाइटमा पनि राखिने जनाएको छ ।

यसैबीच कोषले यस वर्षको महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाउने भएको छ । त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन आज पशुपतिबाट तिलगङ्गा–एयरपोर्ट–तीनकुने–नयाँबानेश्वर–पुरानो बानेश्वर, गौशाला हुँदै माइतीघरसम्म शोभायात्रा गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित समाचारहरु