तीन दिनदेखि कालोपट्टी बाँधेर राष्ट्रिय खेलकुद परिषद् कर्मचारी काममा

तीन दिनदेखि कालोपट्टी बाँधेर राष्ट्रिय खेलकुद परिषद् कर्मचारी काममा


बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

गत बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । घोषित आन्दोलनअनुसार गत आइतबारदेखि पाखुरामा कालोपट्टी बाँधेर कर्मचारी आफ्नो नियमित काम गरिरहेका छन् । मंगलबार तेस्रो दिन उनीहरु कालोपट्टी बाँधेरै काम गरेका छन् ।

परिषदमा कार्यरत प्राविधिक एवं प्रशासनिक कर्मचारीहरुको बढुवा प्रक्रिया ढिलाइ गरेको कारणले यथाशीघ्र प्रक्रियाअगाडि बढाउन शान्तिपूर्ण विरोध स्वरुप कालोपट्टी बाँधेर काम गरेका हुन् ।

Logo