संसद्को गतिरोध अन्त्य गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी

संसद्को गतिरोध अन्त्य गर्न सिंहदरबारमा सर्वदलीय बैठक जारी


निरन्तरको अवरोध हटाएर संसद सञ्चालन गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बसेको बैठकमा संसद्‍मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोधको अन्त्य गर्ने विषयमा छलफल जारी छ । एमालेले केहीसमय अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएकाे ठूलाे परिमाणकाे सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएको छ।

बैठकमा प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

साथै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी जनमत पार्टीकी सचिव अनितादेवी साह, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियारलगायत पनि बैठकमा उपस्थित छन्।

Logo