#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32104306982047743637423685885
नेपाल678044361741449954

राेनाल्डोकाे कीर्तिमानी खेलमा कीर्तिमानी गोल

पोर्चुगलिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले जीवनकाे १००० औं कीर्तिमानी खेलमा कीर्तिमानी गोल गर्दै युभेन्टसलाई जित दिलाएका छन् ।

राेनाल्डोकाे गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा संघर्षपुर्ण जित निकालेको छ । युभेन्टसले घरेलु टोली एसपाललाई २–१ ले पराजित गरेको हो ।

युभेन्टसको जितमा रोनाल्डोसँगै आरोन राम्सीले एक गोल थपे । घरेलु टोलीका एन्ड्रिय पेटाग्नाले गोल गरेपनि हार टार्न सकेन । आफ्नो खेल करियरको १०००औं खेल खेलिरहेका रोनाल्डोले खेलको ३९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका हुन् । एसपालविरुद्ध गोल गरेसँगै रोनाल्डोले सिरी ‘ए’ मा लगातार ११ खेलमा गोल गर्ने ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमानलाई पनि बराबरी गरेका छन् ।

उनले सिरी ‘ए’ मा लगातार ११ खेलमा गोल गर्ने ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमानलाई बराबरी गरेका हुन् । अर्जेन्टिनी ग्याब्रियलले एसएस रोमाबाट १९९४ मा र इटालियन फावियोले साम्पडोरियाबाट गतवर्ष लगातार ११ खेलमा गोल गर्दै कीर्तिमान बनाएका थिए ।

३५ वर्षे रोनाल्डोले डिसेम्वर १ मा सोसुलोविरुद्ध २–२ गोलको बराबरीमा सकिएको खेलमा गोल गरेयता युभेन्टसका लागि लगातार गोल गरिरहेका छन् । अर्काे साता इन्टर मिलानविरुद्धको खेलमा गोल गर्न सके रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमान तोड्ने छन् । उनले युभेन्टसबाट ७३ खेलमा ५३ गोल गरेका छन् । रोनाल्डोले आफ्नो खेल करियरमा ७२५ गोल गरेका छन् ।

एसपालविरुद्ध नै करियरको १००० खेल पुरा गरेका रोनाल्डोले क्लबबाट ८३५ र राष्ट्रिय टोलीबाट २६४ पटक खेलिसकेका छन् । उमेर बढ्दै गएपनि रोनाल्डोका गोल गर्ने क्रम रोकिएको छैन । रोनाल्डोले २००२ मा १७ वर्षको उमेरमा स्पोर्टिङ लिस्वनबाट खेल्दै व्यवसायिक यात्रा थालेका थिए । त्यसयता रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियाल म्याड्रिडबाट खेलिसकेका छन् । उनी २०१८ मा युभेन्टस पुगेका थिए ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार