#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32111493982196743689623692401
नेपाल678044361741449954

ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते

रौतहट । प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा रौतहटमा चार जना प्रहरी घाइते भएका छन् । आइतबार बिहान गौरबाट पथलैया गइरहेको ना १ च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा गौर बसपार्कका इन्चार्ज प्रहरी नायव निरीक्षक मनोज सिंह र मठिहा प्रहरी चौकीका इन्चार्ज गोविन्द यादव गम्भीर घाइते भएका छन् । उनीहरूलाई चन्द्रनिगाहपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

यस्तै प्रहरी नायव निरीक्षक हृदय यादव र प्रहरी जवान सरोज यादव सामान्य घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई बचाउने क्रममा ट्रकले सन्तुलन गुमाएर प्रहरी भ्यानलाई ठक्कर दिन पुगेको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार