न्युजिल्यान्डलाई युएईविरुद्धको सिरिज

न्युजिल्यान्डलाई युएईविरुद्धको सिरिज


न्युजिल्यान्डले घरेलु टोली युएईसँगको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ। आइतबार राती दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सम्पन्न तेस्रो तथा निर्णायक टी-ट्वान्टी आईमा युएईलाई ३२ रनले हराउँदै न्युजिल्यान्डले सिरिज जितेको हो। तीन खेलको सिरिज न्युजिल्यान्डले २-१ ले जितेको हो।

न्युजिल्यान्डले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो।  युएईका लागि आयन खानले ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए। बासिल हामिद २८ बलमा २ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे।

ओपनर अर्यांश शर्मा २२ बलमा १६, तथा वृत्य अरविन्द ९ बलमा १२ रन बनाउँदै आउट भए। न्युजिल्यान्डका लागि बेन लिस्टरले ३ तथा काइल जेमिसन, मिचेल सान्टनार र आदित्य अशोकले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो। न्युजिल्यान्डका विल योंगले ४६ बलमा ७ चौका र १ छक्कासहित ५६ रनको अर्धशतकीय ईनिङ खेले। मार्क च्यापम्यान ३२ बलमा ५ चौका र २ छक्कासहित ५१ रनको अर्धशतकीय ईनिङ खेले। 

मिचेल सान्टनार ११ बलमा २० तथा टिम सिफर्ट १३ रनमा आउट भए। युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकले ३ तथा मोहम्मद जवादुल्लाह र जहुर खानले समान १/१ विकेट लिए।

न्युजिल्यान्ड पहिलो खेलमा १९ रनले विजयी भएको थियो। दोस्रो खेलमा भने न्युजिल्यान्ड ७ विकेटले पराजित हुँदै स्तब्ध भएको थियो। न्युजिल्यान्डले आफ्नो इतिहासमा पहिलो पटक एसोसिएट टोलीसँग हार्न पुगेको थियो।

Logo