गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाको रुपमा सुरक्षित राखौंः सांसद झा

गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाको रुपमा सुरक्षित राखौंः सांसद झा


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रदीप गिरिको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशालाको रुपमा सुरक्षित राख्नुपर्ने बताएका छन् । 

सोमबार स्व. गिरिको प्रथम स्मृति दिवसको अवसरमा आयोजित प्रजातान्त्रिक समाजवादका आयामहरु विषयक संवाद कार्यक्रममा सांसद झाले गिरिको आश्रम आफैमा धरोहर रहेको पनि बताए । उनले भने, ‘काम गर्ने समयमा ढिला गरेपछि अन्त्यमा पछुताउनु बाहेक केही विकल्प हुँदैन । सिरहामा रहेको प्रदीप गिरीको आश्रमलाई लोकतान्त्रिक समाजवादको पाठशाला र धरोहरुको रुपमा सुरक्षति राखौं ।’ 

सांसद झाले गिरिलाई बजारको कोलाहलबीच बन्द कोठाभित्र नभई उनले रोपेका बोटविरुवाहरु रहेको बगैंचाका बीचमा सम्झिनु पर्ने पनि बताए । 

Logo