राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार


राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेको छ। राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको हो ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाइमा पार्टी रहेको छ। बैठकको वैधानिकता नहुने भएपछि एमाले शितल निवास नजाने भएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए। तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भइसकेको छ। 

Logo