शीतल निवासमा एमाले बाहेकका दलहरुसँग राष्ट्रपतिको छलफल जारी

शीतल निवासमा एमाले बाहेकका दलहरुसँग राष्ट्रपतिको छलफल जारी


राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेबाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको छलफल सुरु गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको हाे। 

राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै सो बैठक एमालेले बहिस्कार गरेको हो। बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने भएको छ। 

Logo