मछिन्द्रलाई हराएको मोहन बगान एएफसी कपमा छनोट

मछिन्द्रलाई हराएको मोहन बगान एएफसी कपमा छनोट


नेपालको मछिन्द्र फुटबल क्लबलाई पराजित गरि प्लेअफ फाइनलमा प्रवेश गरेको भारतीय क्लब मोहन बगान सुपर जायन्टले एएफसी कपमा छनोट भएको छ।

मंगलबार राती कोलकताको साल्ट लेक स्टेडियममा भएको प्लेअफ फाइनलमा बंगलादेशको अवाहानी लिमिटेड ढाकालाई हराउँदै मोहन बगानले समूह चरणमा यात्रा तय गरेको हो। मोहन बगान ३-१ ले विजयी भएको हो । 

खेलको १७ औँ मिनेटमा कोर्नेलुइस स्टेवार्टले गोल गर्दै बंगलादेशी टिमलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता धेरै बेर टिक्न सकेन । मोहन बगान ३७ औं मिनेटमा अष्ट्रेलियन फरवार्ड जेसन कमिंग्सको गोलबाट खेलमा फर्कियो। 

५९ औँ मिनेटमा मिलाद शेखी सोलेमानिले आत्मघाती गोल गरेपछि मोहन बगान खेलमा अघि बढेको थियो । मोहन बगानका लागि ६० औँ मिनेटमा अर्मान्डो साडिकुले गोल थप्दै जित सुनिश्चित गरेकाे हाे।

Logo