शंखमुलस्थित स्कूलमा पसेको भैँसी ३ घण्टापछि नियन्त्रणमा

शंखमुलस्थित स्कूलमा पसेको भैँसी ३ घण्टापछि नियन्त्रणमा


काठमाडौँको शंखमुलस्थित ज्ञान निकेतन स्कूलमा पसेको भैँसी नियन्त्रणमा लिइएको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले भैंसी नियन्त्रणमा लिइएको जानकारी दिए । 

वन कार्यालयका प्राविधिकले डार्ट (लठ्याउने सुई) हानेर भैँसी नियन्त्रणमा लिएका हुन् । वधशालामा काट्न लागेको भैंसी फुत्केर स्कूलमा पसेको अनुमान गरिएको छ। सो भैँसीलाई नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए। 

Logo