बारा बस दुर्घटनाका ७ जना मृतकको सनाखत, ६ जना भारतीय नागरिक

बारा बस दुर्घटनाका ७ जना मृतकको सनाखत, ६ जना भारतीय नागरिक


बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नागरिकहरू र एक जना नेपाली रहेका छन् ।

भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Logo