#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30933621960143746046822513010
नेपाल627974011712945267

दिपकराजको ‘तिम्रो दिलको चाबी’ मा वर्षा शिवाकोटी र बिजु पार्कीको अभिनय (भिडियोसहित)

काठमाडौं ।

माया प्रेम अनि बिरहका धेरै चर्चित गीत लेख्दै आएका सफल गीतकार दिपकराज पाठकको नयाँ सिर्जना ‘तिम्रो दिलको चाबी‘’ बोलको गीत युट्युवबाट सार्वजनिक भएको छ ।

गीतमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको स्वर रहेको छ । गीतको शब्द अनुसार सुहाउदो जोडी नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्कीले गीतको भिडियोमा मोडलिङ गरेका छन् ।

प्रमोद के भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियो निर्देशन दिपकराज स्वयंले गरेका छन् । बासु बरालले छायांकन गरेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । पछिल्लो समय गीतकार पाठक फरक फरक कन्सेप्टमा म्युजिक भिडियोको निर्देशनमा समेत ब्यस्त रहेका छन् । हेरौं भिडियोमा :

सम्बन्धित समाचारहरु