क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज


नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज (आइतबार)का लागि तोकिएको छ।  उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन्।

सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दाको अन्तिम बहस पटक-पटक स्थगित हुँदै आएको छ। अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। 

Logo