ललिता निवास जग्गा प्रकरणः संगठित अपराध हटाएर किर्ते मुद्दा मात्र दर्ता गर्ने तयारी

ललिता निवास जग्गा प्रकरणः संगठित अपराध हटाएर किर्ते मुद्दा मात्र दर्ता गर्ने तयारी


बालुवाटारस्थित चर्चित ललिता निवास जग्गा प्रकरणको मुद्दा आज काठमाडौँ जिल्ला अदालतमा दर्ता गराइने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराउने तयारी गरेको हो।सीआईबीले ललिता निवास प्रकरणमा २३८ जनालाई प्रतिवादी बनाएको छ।

ललिता निवासको १४४ रोपनी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठित किर्ते मुद्दामा अनुसन्धान गरेर गएको बिहीबार वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको थियो।

सोही प्रतिवदेनका आधारमा अभियोजन गरेको सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा चल्न नसक्ने भन्दै किर्ते अभियोग मात्र दर्ता गराउन लागेको सो कार्यालय स्रोतको भनाइ छ ।

Logo