डोल्पाको नन्द बक्स गुल्मका प्रमुख मेजर पण्डित सम्पर्कविहीन

डोल्पाको नन्द बक्स गुल्मका प्रमुख मेजर पण्डित सम्पर्कविहीन


डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्क विहीन भएका छन् ।

पण्डित गएरातिदेखि सम्पर्कविहीन भएपछि सेनासहित नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए । उनले भने, ‘हिजो साँझ सात बजेसम्मसंगै रहेका गुल्मपति पण्डित बडीगार्डलाई पनि छोडेर एक्लै बाहिरिएको र अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन । सेना र प्रहरीको टोलीसहित हामी उहाँको खोजी गरिरहेका छौं ।’ 

पण्डितको मोवाईलमा सम्पर्क पनि हुन नसकेको उनको भनाई छ ।

Logo