झलनाथ खनालको प्रश्नः देशको हितमा थियो भने एमसीसी दस्तावेज किन लुकाइयो ?

झलनाथ खनालको प्रश्नः देशको हितमा थियो भने एमसीसी दस्तावेज किन लुकाइयो ?


पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को दस्तावेज नेपाल सरकारले लुकाइएको आरोप लगाएका छन् । 

सोमबार एमसीसी कार्यान्वयनविरुद्धको वृहत अन्तर्क्रिया कार्यक्रममा सत्तारुढ नेकपा एसका सम्मानित नेता खनालले यदि इमान्दारीपूर्वक सम्झौता गरिएको भए दस्तावेज लुकाउन आवश्यक नभएको बताएका हुन् । उनले सम्झौता देश‍ र राष्ट्रको हितमा गरिएको भए दस्तावेज खुल्लारुपमा राख्नुपर्ने भन्दै दालमा केही कालो रहेकाे यसैबाट प्रष्ट भएको बताए । 

उनले भने ‘यदि इमानदारीपूर्वक गरिएको थियो, देशको हितमा गरिएको थियो,राष्ट्रको हितमा गरिएको थियो भने दस्तावेज लुकाउनु पर्ने के जरुरत थियो त्यहाँ ? के कारणले लुकाईयो ? दालमा कालो छ भन्ने कुरा यही बाट थाहा हुन्छ । ’ 

एमसीसीको बारेमा आफूले कुरा उठाउँदा संसदमासमेत सांसदहरु आफूविरुद्ध कुर्लिने गरेको पूर्वप्रधानमन्त्री खनालको गुनासो छ । 

Logo