सरकार र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क हुन सकेका छैनन्ः प्रधानमन्त्री प्रचण्ड

सरकार र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क हुन सकेका छैनन्ः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित उपत्यका विशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा ठूलो दवाव भएको बताएका हुन्। 

उनले भने,‘अर्थतन्त्र माथि भएको अहिलेको दवावको अन्त्य भएको छैन। नेपाल अहिले पनि कतिपय सन्दर्भमा निकै ठूलो दवावमा छ। अर्थतन्त्र त्यति चलायमान भएको छैन।द सरकार र सरकारको नीति प्रति, व्यवसायीहरु ढुक्क हुन सकेका छैनन्।’ 

उनले आम जनतालाई विश्वासमा लिने आवश्यकता अझै पनि बाँकी भएको बताए। नेपालमा पछ्याएको विकासको मोडल पनि फेल भएको प्रधानमन्त्री दाहालको भनाइ छ। उनले भने, ‘नेपालले पछ्याइरहेको विकासको मोडल अन्तर्गत १६ औँ मोडलमा छौँ तर यो फेल भएको मोडल हो। यसले अग्र गति दिन सकेन, देशको अर्थतन्त्रमा यसले रुपान्तरण ल्याउन सकेन। यसमा आमूल परिवर्तन आवश्यक छ। ’ 

Logo