पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता, तोडियो बाबर र रिजवानको पार्टनरसीप

पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता, तोडियो बाबर र रिजवानको पार्टनरसीप


एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ । टस हारेपछि फिल्डिङमा आएको नेपालका लागि सन्दीप लामिछानेकाे बलमा दीपेन्द्रसिंह ऐरीले २३ओभरको चौथो बलमा  मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका हुन्।  

योसँगै रिजवान र कप्तान बाबर आजमबीचको पार्टनरसीप तोडिएको छ । हाल बाबर अर्धशतक नजिक छन् । उनी ४८ रनमा छन् । हाल पाकिस्तानले ३ विकेटको क्षतिमा १२२ रन जोडेको छ । 

यसअघि छैटौ र सातौँ ओभरमा नेपालले एक/एक विकेट लिएको थियाे । सातौँ ओभरको पहिलो बलमा पाकिस्तानका इमाम उल हक रन आउट भए भने छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फखर जमानलाई आउट गरे । 

Logo