अर्ना वियरको घोषणा: भारतविरुद्ध छक्का प्रहार गर्ने खेलाडीलाई एक लाख पुरस्कार

अर्ना वियरको घोषणा: भारतविरुद्ध छक्का प्रहार गर्ने खेलाडीलाई एक लाख पुरस्कार


अर्ना वियरले सोमबार हुने भारतविरुद्धको प्रतिस्पर्धामा प्रत्येक छक्का प्रहार र विकेट लिने खेलाडीलाई रु.१ लाख पुरस्कार दिने घोषणा गरेको छ।

अर्ना वियरले भारतविरुद्ध प्रत्येक छक्का प्रहार गरेबापत र विकेट लिएबापत रु. १ लाख तथा चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको हो।

एसिया कपअन्तर्गत नेपाल र भारतबीचको ऐतिहासिक प्रतिस्पर्धा सोमबार दिउँसो सवा ३ बजे हुँदैछ। श्रीलंकामा हुने प्रतिस्पर्धामा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो घोषणा गरेका अर्ना वियरले जनाएको छ।

Logo