गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिए


पोखरा ।

गण्डकी प्रदेशमा आज पनि ८ जनामा कोरोना संक्रमण देखिएको छ । अब यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ ।

आज बिहान चार जिल्लाका आठ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार १४ पुगेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा आज थपिएका सङ्क्रमित तनहुँमा तीन जना पुरुष, स्याङजामा दुई जना पुरुष, पर्वतमा दुई जना पुरुष र बाग्लुङमा एक जना पुरुष रहेका छन् ।

Logo