चीन भ्रमण राष्ट्रहितका लागि अधिकतम उपयोग गर्न प्रधानमन्त्रीलाई माधव नेपालकाे आग्रह

चीन भ्रमण राष्ट्रहितका लागि अधिकतम उपयोग गर्न प्रधानमन्त्रीलाई माधव नेपालकाे आग्रह


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न विदेश भ्रमणलाई राष्ट्रहितमा अधिकतम उपयोग गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणबारे भएको छलफलमा पूर्वप्रधानमन्त्री नेपालले नेपालको भूराजनीतिक संवेदनशीलतालाई बुझेर तयारी गर्न सुझाव दिएका हुन् । 

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुन गईरहेको विदेश भ्रमणको ऐजेण्डाहरुको अन्तिम रुप दिनको लागि छलफल भईरहेको छ ।’ उनले भने, ‘सबैले बुझ्नु पर्ने कुरा के हो भने हाम्रो देश नेपाल अत्यन्तै संवेदनशिल अवस्थामा रहेको छ । भौगोलिक, भूराजनीतिक संवेदनशीलता छ । यसलाई ध्यानमा राखेर आफ्नो विचार राख्नुपर्छ नत्र एउटाको अभिव्यक्तिले नेपाल समस्यामा पर्ने हुनसक्छ ।’

अध्यक्ष नेपालले भ्रमणका क्रममा हुनसक्ने सबै खाले उच्चस्तरीय छलफललाई अधिकतम उपयोग गर्न पनि सुझाव दिए । ‘प्रधानमन्त्रीको भ्रमणले नेपाललाई विश्वसामु प्रस्तुत गर्नको लागि सहयोगी होस भन्ने शुभकामना दिन चहान्छु । भ्रमणमा धेरै राष्ट्रका प्रमुखसँग भेट हुन सक्छ र त्यसको अधिकतम उपयोग गर्न पनि आग्रह गर्न चहान्छु ।’

Logo