राति बाथरुममा बेहोस अवस्थामा भेटिएका थिए सुवास

राति बाथरुममा बेहोस अवस्थामा भेटिएका थिए सुवास


नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।

राति बाथरुम जाने क्रममा लडेको पारिवारिक स्रोतले जनाएको छ। लडेकाे अवस्थामा परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो।

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार १ बजेर १० देखि २० मिनेटको बीचमा हृदयघात भएको अनुमान छ। बालुवाटारमा बस्ने नेम्वाङलाई तत्कालै अस्पताल लगिएको थियो। 

राति बाथरुम जाने क्रममा ढलेको हुन सक्ने अनुमान गरिएको छ। नेम्वाङको निधनपछि बिहानीपख प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए। 

Logo