भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो २०२३

भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो २०२३


नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा नाडा अटो शो २०२३ सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले नाडा अटो शोको १५औं संस्करणको उद्घाटन गरेका हुन्। 

नाडा अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपालकै सबैभन्दा ठूलो सवारी मेलाको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल हो। सह-प्रायोजकमा शिखर इन्स्योरेन्स छ। 

अटो शोमा साना तथा ठूला गरी एक सय २० स्टल तथा ब्लक रहेका छन् । शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जा, राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक कम्पनीको सहभागिता रहेको छ । 

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्सियल मेहिकल, नौ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको जनाइएको छ ।

७५ हजार मानिसले अवलोकलन गर्ने अनुमान गरिएको शोमा विद्यार्थीका लागि रु एक सय ५० तथा अन्य व्यक्तिका लागि रु दुई सयको टिकट छुट्टाइएको छ । खल्तीबाट अटोशोको टिकट काट्नेका लागि २० प्रतिशत क्यासब्याकको सुविधा दिइएको नाडाले जनाएको छ । करिब रु २० अर्ब बराबरको कारोबार हुने शोमा ७५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । 

त्यसैगरी नाडाले शोको टिकट काटेका सेवाग्राहीमध्येबाट एक जना भग्याशाली अवलोकनकर्ताले लक्की ड्रमार्फत यडिया इ८एस इलेक्ट्रिक स्कुटर दिने जनाएको छ । नाडा अटोशोको शीर्ष प्रायोजकमा टाटा मोट्र्स जेनुइन आयल, सह–प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड, प्रदर्शनीको डोर प्राइजमा वाडिया, टिकटिङ पार्टनरमा बल्ली, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फन्टनाइन हस्पिटल रहेको नाडाले जनाएको छ ।

Logo