नेम्वाङलाई श्रद्धाञ्जलि दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल, कसले के भने ? [भिडियाे]

नेम्वाङलाई श्रद्धाञ्जलि दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल, कसले के भने ? [भिडियाे]


संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनिन् । एमालेको पार्टी कार्यालय, च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न पुगेकी उनले आँशु थाम्न सकिनन् । 

हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका नेम्वाङलाई च्यासलमा श्रद्धाञ्जली दिन आउनेहरु सबै स्तब्ध र मलिन अनुहारमा थिए । कतिपयका आँखामा आँशु टिलपिलाइरहेका थिए । उक्त घुइँचो देख्दा लाग्छ, नेम्वाङ कुनै एक पार्टीको मात्र नभइ मुलुककै साझा नेता थिए । मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जलि दिँदै उनका बाँकी सपना पूरा गर्ने सङ्कल्प श्रद्धाञ्जलि र समवेदना दिन आउनेमा प्रकट भएको देखिन्थ्यो ।

त्यस्तै, नेम्वाङसँग लामो राजनीतिक सहकार्य गरेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाममा नेम्वाङ र आफूबीच एकै पार्टीमा रहँदा एकले अर्काको निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि भाषण गर्न हिँडेको कुरा सबैभन्दा बढी स्मरणीय रहने बताए।

Logo