आरोप-प्रत्यारोपमा उत्रिए अभिनेत्री सम्राज्ञी र निर्माता भुवन केसी

आरोप-प्रत्यारोपमा उत्रिए अभिनेत्री सम्राज्ञी र निर्माता भुवन केसी


केहि दिनअघि राज्यलक्ष्मी शाहले सामाजिक संजाल ईन्टाग्राममार्फत ३ वटा नेपाली फिल्ममा काम गर्दा दुर्ब्यबहारमा परेको बताएकी थिइन् । त्यससमय उनले फिल्मको नाम सार्वजनिक नगरे पनि सांकेतिकरुपमा निर्माताको नियतमाथि प्रश्न उठाएकी थिइन् । तर उनले नबताएपनि फिल्म ‘ड्रिम्स’मा काम गर्दा नराम्रो व्यवहार भोगेको उनको भिडियोमार्फत प्रष्टरुपमा बुझ्न सकिन्छ ।

उनको संकेत आफुतिर हो भन्ने बुझेर अभिनेता तथा निर्माता भुवन केसीले त्यसको प्रत्युत्तरमा फेसबुकमा स्टाटस राखेका थिए । उनले लेखेका थिए, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ? सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’

भुवनको यो अभिव्यक्तिपश्चात साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गर्दै भुवनलाई काउन्टर गरेकी छिन् । पछिल्लो भिडियोमा भुवनले आफूलाई चलचित्र छायाँकनको सेटदेखि विदेशको स्टेज कार्यक्रममा समेत शाारिरीक र मानसिकरुपमा हिंसा गरेको भनि सांकेतिकरुपमा बताएकी छिन् ।

उनले भनेकी छिन् – ‘जापानमा भएको प्रोग्राममा बाबा तँ त मेरो प्रोडक्ट होस्, यो कुरा बाहिर नल्या है, मेरो बाबा आई लभ यू भन्दै गालामै टाँसिएर भनेको थियो । मलाई चित्तै बुझ्दैनथ्यो, तर म चुप बसेकी थिएँ, त्यो बेला म मात्र भएकी थिएँ, मैले भोगेकी छु, मैले देखेकी छु । मेरो ठाउँमा हुनुहुन्थ्यो भने के थाहा तपाईंहरुले कसरी लिनुहुन्थ्यो, त्यतिबेलै केही गर्नुहुन्थ्यो होला ।’

उनले भुवनले मात्र नभई अरू निर्माताले पनि यस्ता कुरा बाहिर नल्याउन भनेको पनि खुलासा गरेकी छिन् ।

Logo