रोजगारमुखी व्यवहारिक शिक्षा दिने सेन्ट लरेन्स कलेज

रोजगारमुखी व्यवहारिक शिक्षा दिने सेन्ट लरेन्स कलेज


लामो समय शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको शिक्षण संस्थाको नाम हो, सेन्ट लरेन्स कलेज । १९९७  सालमा स्थापना भएको सेन्ट लरेन्स कलेज काठमाडौंकोको चाबहिलमा अवस्थित छ । रजत यात्रा पार गर्दै गरेको सेन्ट लरेन्समा मन्टेश्वरीदेखि स्‍नातकाेत्तरसम्म नतिजा उन्मुख  शिक्षा प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा स्नातकमा ४ वटा संकायमा अध्ययन अध्यापन हुँदै आएको छ । अनुभवी शिक्षक शिक्षिकाहरु भएको यो कलेजमा युग सुहाउँदो अध्यापन गराउँदै आएको छ ।

गुणस्तरीय शिक्षासहित व्यवहारिक ज्ञान दिने यो कलेजमा प्लस टु उत्तिर्ण पश्चात स्नातक भर्ना हुन चाहने विद्यार्थीका लागि सूचना प्रविधि,व्यवस्थापन र मानविकी संकायमा अध्यापन भइरहेको छ । स्नातकमा बीएसी सीएसआईटी,बीसीए,बीबीएस, बीए/बीएसडब्लुको पढाई हुँदै आएको छ ।

बजारमा सूचना प्रविधि अध्ययन गरेका जनशक्तिको माग दिनानुदिन बढ्दै गएको अवस्थामा सेन्ट लरेन्स कलेजले आईटीको अध्यापनमा समेत जोड दिएको कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन बताउँछन् । यो कलेजले आईटी अध्ययन गर्ने विद्यार्थीले उत्कृष्टता प्रदर्शन गरेमा हरेक सेमेष्टरमा छात्रवृत्तिको व्यवस्था समेत गरेको छ । 

गुणस्तरीय शिक्षासहित व्यवहारिक ज्ञान दिने यो कलेजमा प्लस टु उत्तिर्णपश्चात स्नातक भर्ना हुन चाहने विद्यार्थीका लागि सूचना प्रविधि, व्यवस्थापन र मानविकी संकायमा अध्यापन भइरहेको छ ।

उनी भन्छन्, ‘अध्ययन अध्यापनमा मात्र केन्द्रित नगरेर आईटी फिल्डसंग सम्बन्धित संघसंस्थामा साझेदारी गरेर तालिम तथा सिकाईमा विद्यार्थीलाई केन्द्रित गर्दै आएका छौं । आर्टफिसियल इन्टिलिजिएन्स बारे रुचि भएकाले समेत विद्यार्थीलाई मेसिन लर्निंंग, पाइथन, डेटा साइन्सको अध्ययन गहिराइमा  गराएर कलेजले हरेक चुनौतिको सामना गर्न सिकाउँछ । अध्यापनका क्रममा सेन्ट लरेन्स कलेजले क्रेडिट कोर्षहरु समेत समावेश गराउँदै आएको छ ।’ 

यो कलेजले प्रमाणपत्र मात्र नभएर जब प्लेसमेन्टका लागि समेत तयार गर्न जोड दिन्छ ।  

शिक्षण क्षेत्रमा लामो अनुभव हासिल गरेको सेन्ट लरेन्स कलेज विद्यार्थीहरुका लागि एउटा उचित शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास गराउँदै आएको यो कलेजले पाठ्यक्रमबाहेक प्राजेक्ट वर्क, इन्डष्ट्रियल भिजटि, बिए बीएस डब्लु अध्ययन गर्नेका लागि, कम्युनिटि क्याम्प, लगायत सिकाईमा जोड दिएको छ । व्यवस्थापन संकायका विद्यार्थीमा समेत आन्ट्रप्रेनरसिपको भावना विकास गर्दै विभिन्न शैक्षिक गतिविधिमा समावेश गर्दै सिकाईको दायरालाई फराकिलो बनाउँदै आएको छ । विद्यार्थीमा भएको क्षमतालाई परिस्कृत गर्न सेन्ट लरेन्सले एक्सट्रा क्लास,गेष्ट लेक्चरलका कक्षा समेत हुँदै आएको छ । विद्यार्थीका लागि विषय अनुसारका इन्टर्नसिपका कार्यक्रम हुने गरेको छ । विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिँदै विश्वबजारमा प्रतिष्पिर्धी बनाउन सेन्ट लरेन्स केन्द्रित रहेको छ । विद्यार्थीमैत्री अध्यापन गराउने भएकाले समेत यो कलेज विद्यार्थीको रोजाईमा पर्दै आएको छ । 

‘कलेज भनेकै शैक्षिक गतिविधिहरु सँगसँगै अतिरिक्त सिकाईको एउटा पूर्ण प्याकेज हो ।’ 

सेन्ट लरेन्सले किताबी ज्ञानले मात्र नभई विषयगत भ्रमण तथा तालिम समेत सञ्चालन गरेर विद्यार्थीको क्षमतामा निखार ल्याउन सहजीकरण गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराएर सर्वांगिण विकासमा जोड दिएको छ । 

प्रिन्सिपल महर्जन भन्छन्- ‘कलेज भनेकै शैक्षिक गतिविधिहरु सँगसँगै अतिरिक्त सिकाईको एउटा पूर्ण प्याकेज हो । किनभने विद्यार्थी भाईबहिनीहरु पढ्ने मात्र काममा अभ्यस्त हुनुका साथै बेला बेलामा रिफ्रेसमेन्ट पनि गर्नुपर्ने हुन्छ । त्यो भएको हुनाले हामीले पढाई सँगसँगै हामीले अरु गतिविधी गर्नका लागि सेन्ट लरेन्स कलेजमा थुप्रै क्लबहरुको व्यवस्था गरेका छौँ । ती क्लबहरु बिद्यार्थीहरुले सञ्चालन गर्ने क्लब हुन् तर त्यसलाई सबै किसिमले सेन्ट लरेन्स कलेजले सहयोग गर्छ । जस्तै स्पोर्टस् क्लव, साइन्स एण्ड आइटी क्लब, कल्चरल क्लब, वातावरणीय क्लब, सोसियल क्लब, लिट्रेचर क्लब लगायत थुप्रै क्लबहरु रहेका छन् । यी क्लब मार्फत खेलकुद प्रतियोगिता, साहित्यिक कार्यक्रमहरु, सामाजिक कार्यक्रमहरु गर्ने गर्छौँ ।’ 

कलेजका विद्यार्थीहरु पनि यस विषयमा सहमत छन् । उनीहरु भन्छन्, ‘कलेजमा खेलकुद मैदान, लाइबेरी, यातायात सेवा, स्वच्छ क्यान्टिनलगायत सुविधा उपलब्ध छन् । कलेज विद्यार्थीमैत्री छ । हामी यति सुविधासम्पन्न कलेजमा पढ्न पाउँदा साह्रै खुशी छौं ।’ 

शिक्षण क्षेत्रमा लामो अनुभव हासिल गरेको सेन्ट लरेन्स कलेज विद्यार्थीहरुका लागि एउटा उचित शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन ।

Logo