#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414948271136463944086630917498
नेपाल1448727914447699605
  • कमला अर्याल काठमाडौँ ।
चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण पर्यटन व्यवसाय धरासायी बन्न थालेपछि सरकारले राहत प्याकेजका लागि अध्ययन सुरु गरेको छ ।कोरोनाको प्रभाव प्रत्यक्ष रुपमा नेपालको पर्यटन क्षेत्रमा परेको र यस क्षेत्रलाई राहत दिन पर्यटन व्यवसायीहरुले माग गरेपछि सरकारले राहत दिने विषयमा अध्ययन सुरु गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले समग्र पर्यटन क्षेत्रमा परेको समस्याका बारेमा अध्ययन भइरहेकोे बताए । ‘पर्यटन क्षेत्रमा परेको समस्याका विषयमा हामी अध्ययन गरिरहेका छौँ ।’ अध्ययन गरिसकेपछि राहतको व्यवस्था गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने सहसचिव उपाध्यायले बताए । अर्थ मन्त्रालयले पनि कोरोना भाइरस संक्रमणले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन गरिरहेको छ ।पर्यटन व्यवसायीहरु यस व्यवसायलाई समस्याग्रस्त घोषणा गरी राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरिरहेका छन् । होटल व्यवसायी महासंघ (हान) का अध्यक्ष सृजना राणाले पर्यटन व्यावसाय निकै खस्केकाले सरकारसँग राहत माग गरेको बताइन् । राणाले भनिन्, ‘पर्यटन व्यावसाय त खत्तमनै भएको छ, त्यसैले सरकारसँग राहत माग गरेका हौँ ।’ कोरोना भाइरसले पर्यटन व्यावसायमा प्रतिकुल असर पारेकोे भन्दै गत शुक्रबार विज्ञप्ती नै जारी गरी पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाहरुले पर्यटन व्यवसायलाई समस्याग्रस्त घोषणा गरी राहत उपलब्ध गराउन माग गरेका थिए । पर्यटन व्यावसायीहरुले नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा ट्राभल्स, पर्यटन यातायात लगायतका पर्यटनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रमा उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।पर्यटन क्षेत्रको सम्पूर्ण कर्जाको हाल पूर्नतालिका गर्ने तथा ब्याजलाई समेत तत्काल पूँजीकृत गर्ने वा सहुलियत डिमाण्ड कर्जाको व्यवस्था गर्न व्यवसायीले माग गरेका थिए । राष्ट्र बैंकले पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने संकेत गरेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने, ‘पर्यटन व्यावसायका लागि सहुलियत कर्जा लगायत अन्य सहुलियत उपलब्ध हुन सक्छ ।’ अहिले तत्काल नभइसकेको तर केही दिनमा त्यस्तो व्यवस्था गर्न सक्ने उनले बताए । पर्यटन क्षेत्र निकै मारमा परेकाले ऋण तिर्ने समय थपिदिने, ब्याज लिएर साँवा होल्ड गर्ने लगायतका व्यवस्था हुन सक्ने डेपुटी गभर्नर शिवाकोटीले बताए । मौद्रिक नीतिमै राष्ट्र बैंकले पुर्नतालिकीकरण, पूँजीकरण गर्न सकिने व्यवस्था गरेको छ । त्यसलाई टेकेर राहतको व्यवस्था गर्न लागिएको सकिने उनले बताए । डेपुटी गभर्नर शिवाकोटीको भनाई थियो ।कोरोना भाइरसको प्रभावका कारण यतिबेला ६० प्रतिशत भन्दा बढीको हाराहारीमा होटल बुकिङ रद्ध भएका छन् । होटल व्यवसायमा आबद्ध कर्मचारीहरुलाई पनि बिदा दिन थालिएको छ । यस्तो अवस्था आएपछि समस्याग्रस्त घोषणा गरेर राहत उपलब्ध गराउन माग गरेको अध्यक्ष राणाले केन्द्रविन्दु डटकमलाई बताइन् । पर्यटन क्षेत्र थला पर्न लागेपछि व्यावसायीहरुले सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजश्व, बार्षिक सवारी कर तथा स्थानीय करहरुमा ५० प्रतिशत छुटको माग गरेका छन् । त्यस्तै, हाललाई एक वर्षको लागि कुनै पनि दण्ड जरिवाना नगर्न, घरभाडा तथा करमा ५० प्रतिशतसम्म छुटको समेत माग गरेका छन् ।त्यस्तै, पर्यटन क्षेत्रमा क्रियाशील श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषबाट कम्तीमा ५० प्रतिशत राहतको व्यवस्था गर्न पनि व्यावसायीले माग गरेका छन् ।

कोरोना कहर : पर्यटन क्षेत्र धरासायी बन्न थालेपछि राहतको तयारी गर्दै सरकार

  • कमला अर्याल
    काठमाडौँ ।

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण पर्यटन व्यवसाय धरासायी बन्न थालेपछि सरकारले राहत प्याकेजका लागि अध्ययन सुरु गरेको छ ।

कोरोनाको प्रभाव प्रत्यक्ष रुपमा नेपालको पर्यटन क्षेत्रमा परेको र यस क्षेत्रलाई राहत दिन पर्यटन व्यवसायीहरुले माग गरेपछि सरकारले राहत दिने विषयमा अध्ययन सुरु गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले समग्र पर्यटन क्षेत्रमा परेको समस्याका बारेमा अध्ययन भइरहेकोे बताए । ‘पर्यटन क्षेत्रमा परेको समस्याका विषयमा हामी अध्ययन गरिरहेका छौँ ।’ अध्ययन गरिसकेपछि राहतको व्यवस्था गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने सहसचिव उपाध्यायले बताए । अर्थ मन्त्रालयले पनि कोरोना भाइरस संक्रमणले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन गरिरहेको छ ।

पर्यटन व्यवसायीहरु यस व्यवसायलाई समस्याग्रस्त घोषणा गरी राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरिरहेका छन् । होटल व्यवसायी महासंघ (हान) का अध्यक्ष सृजना राणाले पर्यटन व्यावसाय निकै खस्केकाले सरकारसँग राहत माग गरेको बताइन् । राणाले भनिन्, ‘पर्यटन व्यावसाय त खत्तमनै भएको छ, त्यसैले सरकारसँग राहत माग गरेका हौँ ।’ कोरोना भाइरसले पर्यटन व्यावसायमा प्रतिकुल असर पारेकोे भन्दै गत शुक्रबार विज्ञप्ती नै जारी गरी पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाहरुले पर्यटन व्यवसायलाई समस्याग्रस्त घोषणा गरी राहत उपलब्ध गराउन माग गरेका थिए । पर्यटन व्यावसायीहरुले नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जा ट्राभल्स, पर्यटन यातायात लगायतका पर्यटनसँग सम्बन्धित सम्पूर्ण क्षेत्रमा उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

पर्यटन क्षेत्रको सम्पूर्ण कर्जाको हाल पूर्नतालिका गर्ने तथा ब्याजलाई समेत तत्काल पूँजीकृत गर्ने वा सहुलियत डिमाण्ड कर्जाको व्यवस्था गर्न व्यवसायीले माग गरेका थिए । राष्ट्र बैंकले पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने संकेत गरेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने, ‘पर्यटन व्यावसायका लागि सहुलियत कर्जा लगायत अन्य सहुलियत उपलब्ध हुन सक्छ ।’ अहिले तत्काल नभइसकेको तर केही दिनमा त्यस्तो व्यवस्था गर्न सक्ने उनले बताए । पर्यटन क्षेत्र निकै मारमा परेकाले ऋण तिर्ने समय थपिदिने, ब्याज लिएर साँवा होल्ड गर्ने लगायतका व्यवस्था हुन सक्ने डेपुटी गभर्नर शिवाकोटीले बताए । मौद्रिक नीतिमै राष्ट्र बैंकले पुर्नतालिकीकरण, पूँजीकरण गर्न सकिने व्यवस्था गरेको छ । त्यसलाई टेकेर राहतको व्यवस्था गर्न लागिएको सकिने उनले बताए । डेपुटी गभर्नर शिवाकोटीको भनाई थियो ।

कोरोना भाइरसको प्रभावका कारण यतिबेला ६० प्रतिशत भन्दा बढीको हाराहारीमा होटल बुकिङ रद्ध भएका छन् । होटल व्यवसायमा आबद्ध कर्मचारीहरुलाई पनि बिदा दिन थालिएको छ । यस्तो अवस्था आएपछि समस्याग्रस्त घोषणा गरेर राहत उपलब्ध गराउन माग गरेको अध्यक्ष राणाले केन्द्रविन्दु डटकमलाई बताइन् । पर्यटन क्षेत्र थला पर्न लागेपछि व्यावसायीहरुले सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजश्व, बार्षिक सवारी कर तथा स्थानीय करहरुमा ५० प्रतिशत छुटको माग गरेका छन् । त्यस्तै, हाललाई एक वर्षको लागि कुनै पनि दण्ड जरिवाना नगर्न, घरभाडा तथा करमा ५० प्रतिशतसम्म छुटको समेत माग गरेका छन् ।

त्यस्तै, पर्यटन क्षेत्रमा क्रियाशील श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषबाट कम्तीमा ५० प्रतिशत राहतको व्यवस्था गर्न पनि व्यावसायीले माग गरेका छन् ।

सम्बन्धित समाचारहरु