रोजगारमूलक शिक्षा दिने शिक्षण संस्थाः काठमाडौं बिजनेश क्याम्पस, वनस्थली

रोजगारमूलक शिक्षा दिने शिक्षण संस्थाः काठमाडौं बिजनेश क्याम्पस, वनस्थली


स्थापनाको छोटो समयमै प्रगतिको पथमा लम्कन सफल शिक्षण संस्थाको नाम हो, काठमाडौं विजनेश क्याम्पस (केबीसी) । काठमाडौंको बनस्थलीमा अवस्थित यो क्याम्पसले अबको शिक्षा रोजगारी र उद्यमशीलतासंगको शिक्षा भन्ने मूल ध्येय सहित विद्यार्थीलाई युग सुहाउँदो अध्यापन गराउँदै आएको छ । 

प्रतिष्ठित शैक्षिक संस्था समृद्धि स्कुलअन्तर्गत रहेको केबीसीमा ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बीसीए)तथा ब्याचलर अफ बिजनेश स्टडीज (बीबीएस)को पढाइ हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केबीसी म्यानेजमेन्ट र इन्फर्मेशन कम्युनिकेशन टेक्नोलोजी (आईसीटी)को क्षेत्रमा ज्ञान, सीप सहितको दक्ष जनशक्ति निर्माणका गर्न शैक्षिक शेतुका रुपमा रहेको क्याम्पसका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ बताउँछन् । 

केबीसीले विद्यार्थीलाई सिर्जनशील बनाउन तथा अध्यापन हुँदै आएका विषयको सैद्धान्तिक संगै प्रयोगात्मक अभ्यासमा समेत जोड दिएको छ ।

केबीसीले विद्यार्थीलाई सिर्जनशील बनाउन तथा अध्यापन हुँदै आएका विषयको सैद्धान्तिक संगै प्रयोगात्मक अभ्यासमा समेत जोड दिएको छ । अध्ययनको दायरा फराकिलो पार्दै विश्व बजारमा प्रतिष्पिर्धी बनाउने हेतुले केबीसीले इनोभेसन सेन्टरदेखि करियर डिभलपमेन्ट समेतका अभ्यास गराउँदै आएको छ । 

प्रिन्सिपल श्रेष्ठ भन्छन्, ‘समृद्ध मुलुक निर्माणका लागि दक्ष जनशक्ति निर्माणमा केबीसी प्रतिबद्ध रहेको छ ।’

विषय विज्ञता अध्यापक रहेको यस क्याम्पसमा विद्यार्थीको शिक्षण पद्दति संगै व्यक्तित्व विकासमा समेत जोड दिएको छ । विद्यार्थीको हरेक जिज्ञासाको समाधान तथा उनीहरुमा भएको सीप तथा क्षमताको विकास गर्दै आन्ट्रप्रेनरसिपको भावना जागृत गराउन समेत केबीसीले सहजिकरण गर्दै आएको छ । भौतिक पूर्वाधारले सुविधासम्मपन्न यो क्याम्पसमा शैक्षिक कार्यक्रमका लागि उचित ल्याब, सिकाई केन्द्र तथा कार्यशालासमेत हुने भएकाले व्यवहारिक अध्ययन हुनेमा विद्यार्थी ढुक्क छन् ।  

विद्यार्थीको हरेक जिज्ञासाको समाधान तथा उनीहरुमा भएको सीप तथा क्षमताको विकास गर्दै आन्ट्रप्रेनरसिपको भावना जागृत गराउन समेत केबीसीले सहजिकरण गर्दै आएको छ ।

व्यवस्थापन तथा सूचना प्रविधिको अध्यापनसंगै विद्यार्थीको सर्वांगिण विकासमा जोड दिँदै आएको यो क्याम्पसमा पाठ्यक्रमसंग सम्बन्धित एवम् अतिरिक्त क्रियाकलाप समेत हुँदै आएको छ । समृद्ध मुलुक निर्माणका लागि दक्ष जनशक्ति निर्माणमा केबीसी प्रतिबद्ध रहेको छ । विद्यार्थीलाई घोकन्ते शिक्षा भन्दा पनि युग सुहाउँदो व्यवहारिक ज्ञान दिन अनवरत रुपमा यो क्याम्पस लागि परेको छ । त्यसैले पनि प्लस टु उत्तिर्ण गरेका विद्यार्थीका लागि स्नातक तह अध्ययन गर्न केबीसी उपयुक्त शैक्षिक गन्तव्य हुनेमा दुई मत नरहेकाे प्रिन्सिपल श्रेष्ठ दाबी गर्छन् । 

Logo