एमाले बागमती अधिवेशनः अझै सहमतिको प्रयास, शुक्रबारलाई सारियो मतदान

एमाले बागमती अधिवेशनः अझै सहमतिको प्रयास, शुक्रबारलाई सारियो मतदान


नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ । 

भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । अझै सहमतिको प्रयास जारी भएको भन्ने आग्रहका आधारमा भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरेको उनले बताए । 

अहिले सहमतिको प्रयास जारी भएकाले आज ९ बजे अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । भोलि विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै आफ्नो अडानबाट पछि नहटेपछि सहमतिको प्रयास सफल नभएको बताइएको छ । 

निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठका अनुसार कूल दुई सय ४० पदका लागि प्राप्त पाँच सय ४८ उम्मेदवारमध्ये सहमतिका आधारमा हालसम्म करिब तीन सयले उम्मेदवारी फिर्ता लिइसकेका छन् । फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी विद्युतीय मतदान मेसिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि निर्वाचनकाे प्रक्रिया सुरु हुने छ ।

Logo