सामाजिक सञ्जालमा छचल्कियो अनमोल र प्रदीपको मनमुटावः ‘बिहे गरेपछि दुलही फिर्ता गर्न मिल्छ ?’

सामाजिक सञ्जालमा छचल्कियो अनमोल र प्रदीपको मनमुटावः ‘बिहे गरेपछि दुलही फिर्ता गर्न मिल्छ ?’


हालै प्रकाउ परेर हाजिरी जमानीमा हिरासतमुक्त भएका नायक अनमोल केसीलाई लक्षित गर्दै पूर्वाग्रहयुक्त टिप्प्णी गरेपछि प्रतिस्पर्धी नायक प्रदीप खड्का विवादमा तानिएका छन् । 

चलचित्र ‘रावायण’मा खेल्नका लागि एडभान्स लिए पनि सम्झौता गर्न नमानेको आरोपमा नायक केसी गत शुक्रबार पक्राउ परेका थिए । तर, आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा आइतबार राति प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको थियो । त्यसपछि आज चलचित्र क्षेत्रमा उनकै प्रतिस्पर्धी नायक खड्काले  ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका हुन् । 

उनले कसैको नाम नलिएपनि उक्त स्टाटस अनमोलविरुद्ध लक्षित भन्ने प्रष्ट बुझ्न सकिन्छ । उनले लेखेका छन्, ‘विवाहपुर्वको सम्बन्ध तोडिदा हो तिम्रो गिफ्ट फिर्ता लैजाउ, मलाई तिमी मनपर्न छाड्यो भन्ने, विवाहओत्तर त, सुहागरात मात्र भको हो मलाई मनपरेन, अचानक चित्त बुझ्न छाड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलायर ल्याउनु हैन भने दुलही लानुस म विस्तारै दाईजो (कानुनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाॅ कुरा मिल्ला र खै।’  

तर, नायक खड्काकाे यो स्टाटसप्रति सकारात्मक भन्दा नकारात्मक टिप्पणी धेरै छन् । चलचित्र क्षेत्रमा बौद्धिक अभिनेताको छवि बनाएका खड्काको प्रतिस्पर्धी केसीप्रति कुन्ठा झल्किएको टिप्पणी भइरहेको छ । साथै अनमोलले छोडेको फिल्म पाउने आशामा खड्काले फिल्मका निर्माता सुदर्शन थापालाई खुशी पार्न खोजेको तथा अब खड्काको सिनेमा बहिस्कार गर्ने कतिपयले चेतावनी समेत दिएका छन् ।

यस्ताे थियाे नायक खड्काकाे स्टाटस- 

विवाद अलि मच्चिएपछि नायक खड्काले स्पष्टिकरण दिएका छन् । उनले भनेका छन्, ‘म एउटा कलाकार र चलचित्र क्षेत्रको प्रति सरोकारवाला भएको हिसाबले के कुरामा प्रस्ट छु भने, निर्मातालाई सुरक्षित गर्ने प्रयत्न हुन पर्छ, निर्देशकलाई काम गर्ने स्वतन्त्रता अनि कलाकारलाई मेकरमा विश्वस्त नहुदा प्रोजेकट ईन्कार गर्ने छुट । तर सबै सिष्टममा बसेर, मनोमानि ढइ॰गले होइन । फिल्म गर्न सक्दिन भन्दा, पख तलाई देखाईदिन्छु भन्ने मेकर पनि नभेटेको होइन, गर्छु भनेर अगाडि बढ्दा कहाॅ फसे भन्ने नभाको पनि हैन तर सिष्टम भन्दा वाहिर गैईएन, कोही जान हुन्न । कलाकार एउटा निमित्त मात्र हो,  निर्देशक र निर्माता भन्दा माथि हैन । म कलाकार भएर यो स्विकीर्दै गर्दा निर्माता , निर्देशकहरु अनि सरोकारवाला सम्पुर्णलाई म गलत भए सच्चाई दिनु हुन अनुरोध साथै सहि भए एक्कयवद्दता जनाईदिनुहुन अपिल ।’ 

Logo