#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व86096442364640062178538
नेपाल5041

उदितको घरमा विपना र निरुताको मस्ती

काठमाडौं ।

समकालिन अभिनेत्रीद्वय निरुता सिंह र बिपना थापाको भारतको मुम्बईमा भेट भएको छ । गायक उदित नारायण झाको निवासमा निरुता र बिपनाको भेट भएको हो ।

बैबाहिक समारोहमा सरिक हुन मुम्बइ जाँदा उदितनारायण झाको निवासमा निरुतासँग भेट भएको बिपनाको भनाई छ । मुम्बइको झा निवासमा खिचिएका तस्बिरहरु बिपनाले आफ्नो फेसबुकमार्फत सेयर गरेकी छिन् ।

बिपना बिहे गरे पश्चात परिवारसहित भारतको मथुरा राज्यमा बस्दै आइरहेकी छिन् भने निरुता मुम्बइमै बस्छिन् । बिपना बेलाबखत माइती आइरहन्छिन् भने निरुता पनि बेलाबेला कार्यक्रमहरुका लागि नेपाल आइरहेकी हुन्छिन् । बिपना भारत पुगेपश्चात नेपाली सिनेजगत बाट अलप जस्तै भएकी छिन् तर निरुता भारतमै बसेपनि विभिन्न माध्यमहरुबाट नेपाली चलचित्र क्षेत्रसंग जोडिदै आईरहेकी छिन् । निरुताले पछिल्लो पटक मह जोडीको चलचित्र ‘दाल भात तरकारी’मा अभिनय गरेकी थिईन् ।

सम्बन्धित समाचारहरु