सिन्धुपाल्चोकमा मन्दिर बनाउन सहयोगार्थ भक्तपुरमा सत्संग

सिन्धुपाल्चोकमा मन्दिर बनाउन सहयोगार्थ भक्तपुरमा सत्संग


भक्तपुरको ब्रम्हायणीमा नौ दिन लामो भक्तिमय सत्संग एवं संगीतमय भजन जारी रहेकाे छ ।

गत बुधबारदेखि सुरु भएको साे सत्संग साउन २५ गतेसम्म जारी रहनेछ । कार्यक्रमको भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले एक समारोहवीच उदघाटन गरेका थिए । पहिलो दिन कलश यात्रा भएको छ ।

ब्रम्हायणीबाट सुरु भएको यात्रा च्याम्हासिंह हुँंदै दतात्रय र त्यहांबाट कमलविनायक हुँंदै पुनः ब्रम्हायणीमै पुगेर सम्पन्न भएको थियो ।सत्संगमा प्रमुख वाचक आचार्य श्री सागरजी र संकल्पकर्ता महाकाली राधिका श्री सिन्धु महाकाली माँं रहेका छन् । श्री सिन्धु महाकाली परिवार जैमन थापी नारायण महाकाली मन्दिर व्यवस्थापन समितिको आयोजनामा सत्संग सुरु भएको हो ।

सिन्धुपाल्चोक जिल्लास्थित श्री सिन्धु महाकाली दिव्य मन्दिर निर्माण सहयोगार्थ सत्संग कार्यक्रम भएको जनाएको छ ।  

Logo