राजावादीले धार्मिक सद्भाव विथोल्न खोजेको भनाईप्रति अध्यक्ष लिङ्देनको आपत्ति

राजावादीले धार्मिक सद्भाव विथोल्न खोजेको भनाईप्रति अध्यक्ष लिङ्देनको आपत्ति


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् भन्ने अभिव्यक्तिहरु दिएकोप्रति आपत्ति जनाएका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले त्यस्तो कुन गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ भन्ने कुरा प्रष्ट पार्न माग गरे । 

‘केहीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्न पर्याे । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी कार्यमा संलग्न भएका छन् । उनको गतिविधीका ध्यान दिनु पर्यो भनेर आग्रह अनुरोध गरेका छन् । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मिक सद्भाव विथोल्न लागेको छ त्यसको म जानकारी लिन चाहान्छु । त्यसबारे प्रष्ट गर्नुहोला ।’

अध्यक्ष लिङ्देनले जघन्य हत्याका अपराधिहरुलाई जेलबाट छोड्ने र बालुवाटारको सरकारी जग्गा व्यक्तिको नामम बनाउने,नेपाली नागरिकलाई भुटानी शरणर्थी बनाउने र क्विन्टलका क्विन्टल सुन ल्याउने काम चाहिँ लोकतान्त्रीक हो ? भन्दै प्रश्न गरेका छन् ।

Logo