#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32082952981217744440823657327
नेपाल678044361741449954

थपिए एक हजार ७०५ पुनःनिर्माण लाभग्राही

काठमाडौं ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १३ हजार ३८५ गुनासो सम्बोधन गरी एक हजार ७०५ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।

प्राधिकरणको कार्यकारी समितिको आज बसेको १३० औँ बैठकले ४८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ । योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण ०७५ एवं ०७६ बाट सङ्कलित एक लाख ८९ हजार गुनासोमध्ये एक लाख ८२ हजार ३०१ को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार १७ हजार १०६ पुनःनिर्माण लाभग्राही र आठ हजार ३०८ प्रवलीकरण लाभग्राही कायम भएका छन् ।

बाँकी गुनासो चैत मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । कार्यकारी समितिले ३५९ प्रवलीकरण लाभग्राहीलाई पुनःनिर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ । गुनासो सम्बोधनको नतिजा जान्नका लागि गुनासोकर्तालाई आ–आफ्नो स्थानीय तहमा सम्पर्क राख्न उनले आग्रह गरे । आफू लाभग्राही भई अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन समितिमा पुनरावेदन गर्न सक्नेछन् ।

यसका लागि उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा एक जना कानून व्यवसायी र एक प्राविधिक गरी तीन सदस्यीय समितिको व्यवस्था गरिएको छ ।रासस

सम्बन्धित समाचारहरु